After upload or embed your videos please share them to social media to support us

watermark logo

Kageswori Mela || कागेश्वरी मेला ?

6 Views
14 Aug 2021
ajitbro

Kageshwori Mahadev Mandir is famous for its annual ceremony called "kageshwori Mela". This is celebrated in the month of August/September.
The famous pilgrimage of Kageshwori is about two kilo meters from Shivapur National Park which is located north of the bustling city of Kathmandu.Shivapuri is ultimate source of drinking water for millions in Kathmandu valley. A big festival called "Kageshwori Mela" is observed every August/September. Thousands of People travel every year to worship and bath on the holy river that flows down the temple of lord Shiva.
This Place is rich in natural diversity. It’s famous for its innumerable waterfalls and serenity, this place is home to several endangered species of flora and fauna. Including clouded leopard, pangolin and several exotic birds. Plus leopards sloth bears wild boards deer golden hares etc. reside amidst the diverse flora.
This is an ideal place for hiking and mountain biking.
Devotees’ can also visit the Krishna Mandir which is at the bottom hill of Kageshwori Mahadev Mandir . This is the gate way to Mahadev temple.

---------------------------------------------------------------------------------------------------------------
यो मेला तीज पर्वको ऋषि पंचमीको केही दिन पछि कागेअष्टमी अथवा राधा अष्टमीका दिनमा लाग्ने मेला हो । यो काठमाडौं भद्रवास हुदै आलापोट गाविसको बसस्टपबाट केही समय हिंडेपछि ठाडो भिरालो जंगलको बाटो हुदै लगभग एक घण्टा उकालो चढेपछि कागेश्वरी मन्दिर पुग्न सकिन्छ । यस कागेश्वरी जाने अर्को पनि बाटो छ, त्यो हो काठमाडौंको सुन्दरीजलको बसस्टपबाट लगभग एकडेढ घण्टा उकालो चढी यस मन्दिरमा पुग्न सकिन्छ ।
----------------------------------------------------------------------------------------------------------
कागेश्वरी नेपालको राजधानी काठमाडौंको उत्तरपुर्वी कागेश्वरी मनहरा नगरपालिका वडा नं. चौध, (पहिले गागलफेदी गाविस) मा अवस्थित एक धार्मिक तथा पर्यटकीय स्थल हो । यस स्थललाई कागेश्वरी महादेव मन्दिरको नामले पनि चिनिन्छ । वर्षमा एक पटक भाद्र शुक्ल अष्टमिका दिन मेला लाग्ने यस तीर्थस्थलमा हजारौँ दर्शनार्थीहरु मेला भर्न आउँछन्। प्राकृतिक मनमोहक दृश्यसंगै शास्त्रीय नृत्यमा ढ्याङ्ग्रो बजाई नाचगान गर्ने दृश्य झनै मनमोहक र सूचनाप्रद हुन्छ । ढ्याङ्ग्रो बजाई महादेवको पुजा गर्नेमा लामा, तामाङ जातिको विशेष सहभागिता रहन्छ । साथै स्थानिय नेवार जातिले लाखे नाचको आयोजना गर्दछन। रमणीय शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको कागेश्वरी धाममा यस्तो सांस्कृतिक तथा धार्मिक महत्वको जात्रा अवलोकन गर्नका लागी साँखु, थली, जोरपाटी, सुन्दरीजल, नयाँपाटी, गागल तथा उपत्यकाका साथै छिमेकी जिल्ला र विदेशबाट समेत भक्तजन आउँछन्। यमराजको दुत कागले मान्छेलाई छुॅदा अशुभ हुने र त्यसबाट मुक्त हुन कागेश्वरी मन्दिरको पोखरीमा नुहाउनु पर्ने धार्मिक मान्यता रहेको छ । यस स्थलमा रहेको मन्दिरमा पुजा गर्दा तथा पोखरीमा नुहाउँदा पाप पखालिने र मुक्ति प्राप्त हुने जनविश्वास रहिआएको छ । श्रावण शुक्ल पूर्णिमाका दिन रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले ल्याएको जल कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छा पूरा हुने धार्मिक विश्वास छ ।
……………………………………………………………………………………………..
जात्राको महत्वसंगै आर्थिक पक्ष पनि जोडिएको छ । समान खरिद बिक्रिका लागी पनि सहयोग पुग्दछ । यस क्षेत्रको विकास र संरक्षणका लागी स्थानिय तथा सरकारी तवरबाट नै पहल सुरू गरिएको छ, कागेश्वरीधामका रूपमा विकास गर्ने योजना बनाइएको छ।
कागेश्वरीको महत्व-कागे अष्टमीमा यहाँ लाग्ने मेलाको धार्मिक एवं सांस्कृतिक महत्व छ । किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिव लिङ्गमा चढाउँदै गरेका गोठालाले देखेको विश्वासका आधारमा वर्षेनी मेला लाग्दै आएको हो ।
कागे अष्टमीमा धाममा गई हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ ।
कागेश्वरी मेलामा हिन्दू र बौद्ध धर्मावलम्बीको पनि लाखौँको सङ्ख्यामा भीड लाग्ने गर्छ ।सत्ययुगमा सतीदेवीको अङ्ग पतन भएर यहाँ एक शिवलिङ्ग उत्पन्न भएको भनाइ स्वस्थानी व्रत कथामा उल्लेख छ । यहाँको प्राकृतिक सौन्दर्यता पनि मनमोहक छ ।कागेश्वरी महादेवको मन्दिर मुनि र माथि समेत आकर्षक छहरा एवं झरनाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ ।यस क्षेत्रबाट उपत्यकाको दृश्यावलोकनसमेत गर्न सकिन्छ । याे मेलामा एउटा बिशेषता के देखीयाे भने तमाङ समुदायका धामीहरू बिद्या अार्जन गरी धामी बन्न् याे दिन मेलामा ढ्याङ्ग्राे ठटाउदै सहभागी हुने र नाचगान गर्ने गर्दछन् ।

Show more

0 Comments Sort By

No comments found