After upload or embed your videos please share them to social media to support us

watermark logo

World's Biggest Aviation Museum || Airbus A330 || Nepal || काठमाण्डौमा विश्वकै ठूलो विमान संग्र

8 Views
01 Aug 2021
ajitbro

The museum has been built using a decommissioned Airbus A330 aircraft belonging to Turkish Airlines, which crash landed on Tribhuvan International Airport in March 2015.

This aircraft had only flown for about eight months and suffered a runway excursion incident at Kathmandu airport in 2015. It was difficult to extricate the huge plane from the runway, and the airport was closed for four days. Capt. Upreti used to see the aircraft parked at Kathmandu airport every time he flew in and out, and dreamt one day to acquire the plane to set up a museum in Kathmandu as well to serve not just as a tourist attraction but also educate students about aviation.

It took Nepali and international technicians four months to cut the plane into smaller pieces and transport it in trucks at night. It took another nine months to reassemble it here in Sinamangal.

This Museum is made possible through a partnership between the Bed Upreti Trust and the Civil Aviation Authority of Nepal. The project has been funded by Capt Upreti. The main objective of the project is to be an educational centre to arouse an interest among young Nepalese about aviation and to inspire students to take up careers in one of the world’s fastest growing sectors.

There are more than 350 miniature models of aircrafts inside the museum from the Wright Brother’s first aircrafts to fighter planes from World War I and II.

The museum is operated by Bed Upreti Trust. The money collected will be collected through museum will be donated for the treatment of cancer patients in the Far West.

The Bed Upreti Trust is a non-profit organization that has already set up an Aviation Museum in an abandoned Fokker 100 in Dhangadi (Sep 17, 2014). The revenue from that project goes to assist cancer patients. This Museum is a sequel to the Dhangadi venture for which the Trust has partnered with CAAN.

Opening Hours
10:30 AM - 5:30 PM October - February
9:30 AM - 6:30 PM March - September
------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
अवतरणको क्रममा दुर्घटनामा परेको टर्किस एयरको एयरबस ए–३३० वाइडबडी विमानभित्र संग्राहालय बनेको छ। करिब आठ महिना मात्रै उडेको अत्याधुनिक एयरबस ३३० विमान भित्र, काठमाडौंको सिनामंगलमा नागरिक उड्डयन प्राधिकरण र वेद उप्रेती ट्रष्टको सहकार्यमा एभिएसन म्युजियम सञ्चालन गरिएको हो ।
विमानभित्र फोटो ग्यालरी राखिएको छ । त्यस्तै बिमानभित्र ३ सयभन्दा बढी विमानका मोडल प्रदर्शनमा राखिएका छन् । ५ खण्डमा विभाजन गरेर विभिन्न सेक्सन निर्माण गरिएको संग्राहालयभित्र उड्डयन क्षेत्रका विषयवस्तु राखिएको छ । जहाजको तल्लो तलामा बैठक कक्ष बनाईएको छ । त्यसमा सानो बैठक तथा अन्तरक्रिया संचालन गर्न सकिने छ । जहाज भित्रको संग्राहलमा प्रवेश गर्ने वित्तिकै अवलोकनकर्ताले यो संग्रहालय बनाउने क्रममा भएका गतिविधि समेटिएको श्रव्यदृश्य सामाग्री सुन्न सक्नेछन् ।
वेलकम हलमा एयरबस–३३० को ग्लास ककपिट राखिएको छ । संगै जहाजको मोडेल पनि राखिएको छ । संग्राहलयको एयर फोर्स हल मा पहिलो विश्वयुद्धदेखि अहिलेसम्मका लडाकु विमानका मोडलहरु राखिएको छ । त्यसपछि क्रमैसंग एयरबस–३८० र बोइङ–७७७ को मोडल , संसारका मुख्य–मुख्य एयरलाइन्सहरुका मुख्य–मुख्य जहाजहरु ९बोइङ र एयरबसका विभिन्न सिरिज०, नेपालमा उडेका डिसी थ्री देखि पछिल्ला एयरबस–३३० र आर्मीको सिएन–३५ का सयौ मोडेलहरु राखिएको छ ।
यो म्युजियमबाट आम सर्वसाधारण र विद्यार्थीमा उड्डयन क्षेत्रको जिज्ञासा मेटाउने र ज्ञान समेत अभिवृद्धि गर्ने विश्वास म्युजियम संचालक उप्रेतीको विश्वास छ ।
वेद उप्रेती ट्रष्टले साढे २ वर्षअघि सुदूरपश्चिमको धनगढीमा पहिलोपटक एयरक्राफ्ट म्युजियम संचालनमा ल्याएको थियो ।
-----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------
यसरी बन्यो एभियसन म्युजियम:-
२०७१ फागुन २० गते टर्किस एयरको एयरबस–३३० बिमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर ग्राउण्डेड भएको थियो । एयसवस मर्मतका लागि उपकरण ल्याउन नसकेको टर्किस एयर इञ्जिन निकालेर नेपालमै बेच्ने निचोडमा पुगेपछि क्याप्टेन वेद उप्रेतीको संग्रहालयको परिकल्पना विजारोपण भएको थियो ।
त्रिविअविमा ग्राउण्डेड विमानलाई धावनमार्गबाट २०० मिटर परसम्म लैजान चार दिन लागेको थियो, जसले गर्दा विमानस्थल चार दिन बन्द भएको थियो । विशाल विमानलाई विमानस्थलको पूर्वी भागबाट संग्रहालय बनाइएको स्थानसम्म लैजान र जोड्न दर्जनौँ स्वदेशी तथा विदेशी प्राविधिकले लगातार चार महिनासम्म काम गरेका थिए । जम्मा नौ महिनामा म्युजियम तयार गरिएको हो । विमान खोल्न र जोड्नमात्रै एक लाख अमेरिकी डलर लागेको ट्रष्टका प्रमुख कार्यकारी अधिकृत उप्रेतीले बताउनुभयो ।
यो एयरबसको लम्बाइ २०८ फिट, पखेटाको लम्वाई १९७ फिट र उचाइ ५६ फिट छ । नेपाललगायत कैयौँ देशमा अहिले नै दक्ष पाइलट अभाव रहेको स्थितिमा अन्तर्राष्ट्रिय उड्डयन संगठनले विश्वभर सञ्चालन गर्दै आएको आगामी पुस्ताका नागरिक उड्डयनकर्मी कार्यक्रमअन्तर्गत संग्रहालय सञ्चालन गरी युवा पुस्तालाई यो क्षेत्रमा आकर्षण गर्ने लक्ष्य रहेको उप्रेतीको भनाइ छ ।
उप्रेतीले दुई वर्षअघिदेखि कैलालीको धनगढीमा रु डेढ करोड लगानीमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन गर्नुभएको छ ।

Show more

0 Comments Sort By

No comments found

Up next